काठमाण्डौ / सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले पाउनुभएको छ। 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिएको जानकारी गराएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै खतिवडालाई जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दाहालले बताउनुभयो।

यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नुभएको छ।