एजेन्सी / श्रीमान् डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन्। उनीहरुका डेढ बर्षिया छोरा पनि छन्। यसैबिच श्रीमती कसरी गर्भवती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो।

यो घटना भारतको जगदीशपुरमा घटेको छ। भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन्। उनले भाउजु ३ महिनादेखि गर्भवती भएको बताइन्। यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले।

उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो गर्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दावी गरिन्। उनले आफ्नो सपनामा श्रीमान् दिनहुँ आउने गरेको र र उनले सपनामै आफूसँग शारिरीक सम्पर्क गरेकाले आफू गर्भवती भएको बताइन्।

उनले भनेको जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छक्क परे। यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन सम्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ। यो घटनाले सबैलाइ चकित पारेको छ।