सुनसरी / सुनसरी सदरमुकाम इनरुवाका पारस यादव झुन्डिएको अवस्थामा फेला परेका छन। यादव बिहिबार बिहान ५ बजे झुण्डिएको अवस्थामा फेला परेका हुन्।

पहिला यामाहा मोटरसाइकलको सोरुम र हाल टिभिएस मोटरसाइकलको सो रुमका सञ्चालक रहेका यादवले आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ। मोटरसाइकल शोरुमको सिसि टिभि फुटेजमा यादवले आत्महत्या गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो।

यादवले शोरुमकै अगाडी सटर लगाएर एउटा रडमा पासो लगाई आत्महत्या गरेका छन्। यादवले आत्महत्या गर्दा एउटा व्यागसमेत पिठ्यूँमा बोकेका छन्। ब्यागमा के छ र अन्य बिषयमा अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक पोख्रेलले बताउनुभयो।

यादव ऋणमा डुबेकाले तनावकै कारण आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्। पारस स्थानीय राजनीतिमा सकृय रहनुका साथै स्थानीय समाजसेवी एवं इनरुवाका चर्चित व्यापारी थिए।

- लुकमान अन्सारी