सुन्दरहरैँचा/ नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाम्फेले मोरङको सुन्दरहरैँचास्थित सिद्धार्थ सेकेण्डरी स्कुलको रजत उत्सवको उद्घाटन गर्नुभएको छ। तुम्बाहाम्फेले बुधबार रजत उत्सवको उद्घाटन गर्नुभएको हो।

बुधबार शुरु भएको रजत उत्सवको अवसरमा मन्त्री तुम्वाहाम्फेले स्कुलको स्मारिका विमोचन, रतज स्तम्भ अनावरण, भवन उद्घाटन तथा बिद्यार्थीले तयार गरेका बिभिन्न स्टलहरुको अवलोकन गर्नुभयो।

कार्यक्रममा एक नम्बर प्रदेशका प्रदेशसभा सदस्य राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, प्याब्सनका पदाधिकारीलगायतका अतिथिहरुको उपस्थिति थियो।

कार्यक्रममा बिद्यार्थीले बिभिन्न नृत्य तथा खेलकुद प्रस्तुत गर्नुका साथै रजत उत्सवको अवसरमा पूर्व शिक्षक, अभिभावक, कर्मचारी तथा समाजमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो।

बिहिबार(आजसम्म) सञ्चालन हुने रजत उत्सवमा आज बिभिन्न खेलकुदका कार्यक्रम तथा बिभिन्न प्रदर्शनी हुने स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिनुभयो।