काठमाण्डाै / पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ।अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए। 

सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको जनाइएको छ। 

पहिलो गोली चल्दा तीन जनाको ज्यान गएको र दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। 

गोली चलाउनेको परिचय खुलिनसकेको र घटनाको थप विवरण आउँन बाँकी रहेको बीबीसीले जनाएको छ। 

हनाउ शहर हेसन प्रान्तमा पर्छ, जुन फ्र्याङ्कफर्टबाट पूर्वतर्फ २५ किमी टाढा रहेको छ।