काठमाण्डौ / अस्ट्रेलियामा कारमा आगलागी हुँदा चारजनाको ज्यान गएको छ। 

क्याम्प हिलमा भएको आगलागीमा १० वर्षमुनिका तीनजना बालबालिकासहित चारजनाको ज्यान गएको बीबीसीले जनाएको छ।

आगलागीमा पीडितको बारेमा थाहा पाउनेको पनि ज्यान गएको छ। त्यस्तै कारमा रहेकी एकजना महिला शरीरका धेरै भाग जलेर घाइते भएकी छिन् र उनलाई उपचारका लागि अस्पताल लगिएको छ। 

कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको अस्ट्रेलियाको प्रहरीले जनाएको छ। प्रहरीले कारमा रहेका पाँचै जनाको पहिचान खुलाएको छैन।

‘यो घटनाकाे दृश्य निकै भयानक थियो’, डेप्युटी इन्सपेक्टर पार्क थम्पसनले स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन्।