इटहरी/ सुनसरीको इटहरी ९ हेल्थपोष्ट लाईनस्थित बालसंसार मन्टेश्वरी स्कुलले आठौँ बार्षिकोत्सव मनाएको छ। स्कुलले सोमबार स्कुल परिसरमा कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो।

प्ले ग्रुपदेखि २ कक्षा सम्म अध्यापन हुने सो स्कुलमा करिव ७० जना बिद्यार्थी र १३ जना टिचिङ स्टाफ रहेका छन्। स्कुलभित्र गरिने बिभिन्न कार्यक्रमहरुलाई प्राथमिकता दिएर बिद्यार्थीको शैक्षिक उन्नयनलाई प्राथमिकता दिइएको स्कुलकी प्रिन्सिपल हिमा नेपाल भट्टराईले जानकारी दिनुभयो।

स्कुलकी प्रिन्सिपल भट्टराईले बिद्यार्थीको सिकाई अनि शैक्षिक उन्नती देखेर अभिभावकहरु अत्यन्तै खुसी र सन्तुष्ठ रहेको बताउनुभयो। प्रिन्सिपल भट्टराईले पूर्वी खबरसँगको कुराकानीका क्रममा स्कुलमा आफ्ना नानीबाबुहरु भर्ना गर्ने अभिभावक अन्यन्तै सकारात्मक रहेको भन्दै आफ्ना नानीबाबुहरुलाई बालसंसार मन्टेश्वरीमा भर्ना गर्न अनुरोध समेत गर्नुभयो।

IMG_7236 IMG_7241 IMG_7247 IMG_7228 IMG_7230 IMG_7233 IMG_7234 IMG_7239