इटहरी/ सुनसरीको इटहरीमा चैत्र १४ गते “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” वितरण हुने भएको छ। पूर्वेली मिडिया नेटवर्कको आयोजनामा म्युजिक अर्वाड कार्यक्रम हुन लागेको हो।

आयोजकले सोमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरेर चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा हुने म्युजिक अर्वाड पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बद्र्वन साथै प्रर्बद्धनमा टेवा पुर्‍याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको जानकारी गराएको छ।

आयोजकले २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जानकारी गराउँदै पूर्वमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एकजना सर्जकलाई लाईफटाईम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने जानकारी गराएको छ। award

म्यूजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले उत्कृष्ट ५ छनौट गर्नुका साथै उत्कृष्ट ५ मनोनयनमा परेका गीतहरु भोटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ। भोटिङका लागी खल्ती एपबाट भोट गर्न सकिने ब्यबस्था गरिएको साथै नोमिनेशनका लागी समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

पूर्वेली म्यूजिक अवार्डको कार्यक्रममा १५ देखि २० लाखको बीचमा खर्च हुने अनुमान गरिएको आयोजकको भनाई छ। कार्यक्रममा मुख्य प्रायोजक रमपम नुडल्स, इन एसोसिएसन विथ एन आइ सि एसिया बैंक रहेको साथै इभेन्ट म्यानेजमेन्टमा सिल्भर इन्टरटेनमेन्ट तथा प्रमोटरमा पूर्वेली न्यूज रहेका छन्।

पुर्वली म्यूजिक अवार्डमा बेष्ट न्यू आर्टिष्ट, सङ अफ द इयर, बेष्ट मेल भोकल पर्फमेन्स, बेष्ट फिमेल भोकल पर्फमेन्स, बेष्ट भोकल कोलाब्रेसन, बेष्ट कम्पोजिसन, बेष्ट अरेन्जमेन्ट्, बेष्ट लिरिक्स, बेष्ट लिम्बु सङा बिधाहरुमा अवार्ड प्रदान गरिने जनाईएको छ। यस्तै बेष्ट तामाङ सङ्, बेष्ट शेर्पा सङ्, बेष्ट मगर सङ्, बेष्ट राई सङ्, बेष्ट गुरूङ सङ्, बेष्ट थारू सङ्, बेष्ट मैथेली सङ्, बेष्ट राजबंशी सङ्, बेष्ट भिडियो, बेष्ट भिडियोग्राफी, बेष्ट भिडियो इडिटर, बेष्ट मोडल (मेल), बेष्ट मोडल (फिमेल) समेतलाई पुर्वेली म्यूजिक अवाडमा समेटिने आयोजकको भनाई छ।

नयाँ पुस्ताहरुलाई पूर्वेली गीत संगितमा केही सृजना गर्न प्रेरणा दिनुका साथै शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको बिकासमा टेवा पुर्‍याउन पूर्वेली म्यूजिक अवार्ड पूर्वमा पहिलो पटक गर्न लागिएको पूर्वेली मिडिया नेटर्वक प्रा लि का प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले जानकारी दिनुभयो।

दाहालले नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएकोले पूर्व लगायत धेरै क्षेत्रमा लोक गीत नै गुन्जिने हुँदा जुन हाम्रो मौलिक संस्कृति ,लोक गीत, संगित, बाजागाजा र भाकाहरु हाम्रा अमुल्य सम्पत्ति समेत भएको जानकारी दिनुभयो।