जनकपुर / प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एकजना महिलाको सामूहिक बलात्कार भएको छ। जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ३५ वर्षीया महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो।

३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही गाउँपालिका–७ का २५ नरेश महतो र भारतका मधुवनी जिल्ला कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले जनाउनुभयो। झाका अनुसार जनकपुर क्षेत्रकै ती महिलालाई दुवैजनाले आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गरेका थिए।