काठमाण्डौ / इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोकेर हिड्न मिल्ने एयर कन्डिशनर बनाएको छ। मोबाइल फोन भन्दा सानो यो एसी शर्ट वा टिशर्टमा फिट गरेर प्रयोग गर्न सकिन्छ।

कम्पनीले यो सानो एसीको नाम रेओन पकेट राखेको छ। प्रयोगकर्तालाई २४ सै घण्टा चिसो वा तातो पार्ने सुविधा यसमा उपलब्ध छ। कम्पनीका अनुसार यूजरले यसलाई घाँटीको तल्लो भागमा राखेर प्रयोग गर्न सक्नेछन्। यसका लागि विशेष किसिमको ब्याग बनाईएको छ र यो ब्याक पनि फरक फरक साइजमा उपलब्ध रहेको छ।

यो एलिमेन्टको प्रयोग कार कूलर तथा वाइन कूलर्समा प्रयोग हुने गर्दछ र यसको लागि न्यून पावरको उपयोग हुन्छ। यो एसीको तापक्रमलाई स्मार्टफोनको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ।

यसमा राखिएको प्रविधिले यसले आफैं उपयुक्त तापक्रम सेट गर्न सक्दछ। रेओन पकेट एसीमा लिथियम आयन ब्याट्री राखिएको छ जसले २ घण्टाको चार्जमा दिनभर प्रयोग गर्न सकिन्छ।

८५ ग्राम मात्र तौल रहेको यो एसीको मूल्य १३० डलर तोकिएको छ। हाल जापानमा मात्र बिक्री गरिने यो एसी परिक्षणको रुपमा ल्याइएको छ। परीक्षण सफल भएमा यसको विक्री विस्तार गरिने कम्पनीले जनाएको छ।