फाइल तस्विर

तुलसीपुर / बलात्कारपछि फरार तुलसीपुरका शमिर वलीलाई प्रहरीले पक्राउ गरेकोे छ। तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी वलीलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको हो।

वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एकमहिना आफूसंगै राखेर यौनशोषण गरेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिनुभयो।

वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एकमहिना आफूसंगै राखेर यौन शोषण गरेका थिए। वलीबिरुद्ध किशोरीलाई बलात्कार गरेको भन्दै मुद्दा दायर भएको थियो। मुद्धा दायर भए लगत्तै उनी भागेका थिए।

उनलाई प्रहरीले शनिबार पक्राउ गरी आइतवार सार्वजनिक गरेको थियो। वलीले १७ वर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करीब एक महिना आफूसंगै राखेर यौन शोषण गरेको आरोप लागेको छ। उजुरी गर्नेहरूले वलीले किशोरीलाई एक महिनापछि कुटेर घरवाट निकालेको जाहरी दिएका छन्।