एजेन्सी / बेलायतका ७ सयभन्दा धेरै ठाउँमा बाढी आउन सक्ने उच्च जोखिम रहेको बीबीसीले जनाएको छ।

ठूलो वर्षा र तीब्र हावाहुरीका कारण नदीमा पानीको वहाव बढ्न थालेपछि बेलायतभरका ७ सय ठाउँमा बाढीको उच्च जोखिम रहेको संकेत स्वरुप रातो बत्ति बालिएको हो। १ सय ४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्नुका साथै वेल्समा १ सय ४२ मिलिमिटर पानी परेकोले खतरनाक बाढीको चेतावनी दिइएको खबरमा उल्लेख छ।

साउथ वेल्स र हेमजोरमा केही मानिसलाई नदीले बगाएको हुन सक्ने भएकाले खोजी भैरहेको र बाढीमा फसेकालाई उद्धार भैरहेको खबरमा उल्लेख छ। सन् २०१५ को डिसेम्बर २६ पछि पहिलोपटक बेलायतमा बाढीको उच्चस्तरको चेतावनी दिइएको हो।

यस्तो चेतावनीले मानिसलाई खतरनाक मौसमबाट जोगिन र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ। वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवा र बिमानस्थल बन्द गरिएको छ।