एजेन्सी / २१ वर्षका एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काटी हत्या गरेका छन्। ब्राजिलका प्रहरीले घटनाको पुष्टि गरेका छन्। २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि हत्या गरेको बताइन्छ। प्रहरीका अनुसार फेब्रुअरी ३ तारिखमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेका थिए।

यो जोडीको पहिले नै दुई सन्तान छन्, चार वर्षकी एक छोरी र दुई वर्षका छोरा। प्रहरीसँगको बयानमा आफूलाई अब थप सन्तान नचाहेको बताएका थिए। यसका साथै, उनले श्रीमतीलाई छोराछोरीसँग बाँडिएको हेर्न नचाहेको र बच्चाका कारण निम्तिएको आर्थिक भार पनि चित्त नबुझिरहेको उनले प्रहरीलाई जानकारी दिए। ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तामा रहेको उनीहरुको घरमा आरोपीलाई पनि घाँटी र नारी काटिएको अवस्थामा भेटिएको थियो।

पुलिसका अनुसार श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेका थिए। २२ डिसेम्बर सन् २०१९ को घटनाको विषयमा पुलिसले ६ हप्तासम्म चलेको अनुसन्धानपछि घटनाबारे थुप्रै प्रमाण भेटेको जानकारी दिएको छ। यसअघि आरोपीले घटनाको विषयमा भिन्न भिन्न बयान दिँदै आएका थिए।

अनुसन्धानकर्ताका अनुसार, डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो। तर विवादपछि यो जोडीले कुरा सल्टाउँदै शारीरिक सम्बन्ध स्थापित गर्नका लागि बेडरुममा गएको पनि बताइन्छ।

तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेको बताइएको छ। दुई सन्तानकी आमाको मृत्यु भएको त्यतिबेला पत्ता लाग्यो जब उनका आफन्तले जति सम्पर्क गर्न खोज्दा पनि उनलाई भेट्न सकेनन्। उनीहरुले कुनै जवाफ नपाएपछि उनकै घर जाने निधो गरे। घटनाको दोस्रो दिन जब उनीहरु फ्रान्सिनको घरमा पुगे तब २० मिनेटसम्म ढोका ढक्ढकाउँदा पनि नखोलिएपछि फोड्ने निधो गरे।

ढोका फोडेर हेर्दा उनीहरुको फ्रान्सिनको हत्या भइसकेको पाए। कोठा भरी रगत छरिएको थियो, रगतका छिटा भित्ता र भुईंभरी लत्पत्तिकएको थियो। तेस्रो सन्तानलाई थुप्रै हप्तादेखि गर्भमा बोकेकी फ्रान्सिनलाई उनकै बेडमा मृत अवस्थामा भेटियो। आरोपीलाई अर्धचेत अवस्थामा भेटिएको थियो। उनलाई सुरुमा भार्जिया पाउलिस्ता इमर्जेन्सी युनिटमा पुर्‍याइएको थियो पछि सोधपुछका लागि उनलाई पक्राउ गरियो।