काठमाण्डाै / आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट २ महिला खेलाडीले स्थान बनाएका छन।

जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन्। उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन्। 

यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन। नेरीले कुल तीन सय १२ पोइन्ट प्राप्त गरेकी छिन्। टिमको वरीयतामा नेपाल १४ औँ स्थानमा छ।

नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, पीएनजी, यूएई र केन्या रहेका छन।

नेपालकाे २० खेलमा दुई हजार पाँच सय ७६ अंकसहित १ सय २९ रेटिङ रहेको छ।