काठमाण्डौ / चर्चित गायक सुर्य खड्काको नयाँ गीत सार्वजनिक भएको छ। गायक सुर्य खड्का र गायिका दुर्गा सापकोटाको सुमधुर स्वरमा ‘नैना रेशम’ बोलको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा शिब अखेलीको शब्द र गायक खड्काको संगीत रहेको छ। गीतको भिडियोमा हाँस्य कलाकार सागर लम्साल, बले र टिकटक भाईरल टुईन्स प्रिस्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ।

गीतको भिडियोलाई काजिस श्रेष्ठको निर्देशन र दिपक विष्टको सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :