इटहरी / कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको बिहिबार एक भव्य कार्यक्रम बिच उद्घाटन गरिएको छ। बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन गरिएको हो।

प्रदेश १ को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिधार्थिहरुमा खुसि छाएको छ।सो कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सन्चालक, साहित्यकार एवं सञ्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो।

फिल्म अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमिले पहिलो शाखा इटहरीमा सञ्चालन गरीएको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिनुभयो। कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुयाउन कान्तिपुर फिल्म एकेडेमिले गरेको यो प्रयासको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

IMG_9719 साहित्यकार एवं प्राध्यापक मनु मन्जिलले कान्तिपुर फिल्म एकेडेमिले पूर्वको शान बढाएको बताउनुभयो भने प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भिमबहादुर दाहालले सफलताको शुभकामना दिनुभयो। स्थानिय प्रशासनको तर्फबाट वडा अध्यक्ष दिपक गौतमले एकेडेमीले दक्ष कलाकर्मि जन्माउनेमा आशा व्यक्त गर्दै शुभकामना प्रदान गर्नुभयो।

साथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमि इटहरीको प्रगतीको लागी शुभकामना प्रदान गर्नु भएको थियो। पहिलो चरणमा कातिपुर फिल्म एकेडेमि इटहरीले फिल्म मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफिको १ महिने कक्षा यही फागुन ४ गतेबाट सञ्चालन गर्दैछ।