सुन्दरहरैंचा / नगर बाल सञ्जाल सुन्दरहरैंचाले बस्तिस्तरमा नाटक प्रदर्शन तथा सचेतना कार्यक्रमको उद्धघाटन गरेको छ। सुन्दरहरैंचा नगरपालिकाको सहयोग तथा झोराहाट नाट्य समुहको समन्वयमा नगर बाल सञ्जालले सो कार्यक्रमको आयोजना गरेको हो।

बिहीबारदेखि सुन्दरहरैंचामा भएको सडक नाटकको उद्घाटन गर्नुहुदैँ प्रमुख अतिथि तथा सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले आफूमा आत्मविश्वासको कमी भएमा दुव्र्यवहार र हिंसाका घटना बढी हुने बताउनुभयो। बालबालिकालाई आत्मविश्वासयुक्त बनाउन र दक्षता प्रदान गर्न यस्ता नाटकले सहयोग गर्ने उहाँको भनाइ थियो।

सरकारले ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रमले बालबालिकाको चौतर्फी विकासमा सहयोग गर्ने उहाँले बताउनुभयो। बालबालिकामा आत्मविश्वासको कमी हुँदा नै श्रम तथा अध्ययनको बहानामा विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न बाल सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मेयर ढकालको सुझाव थियो।

IMG_5960 त्यसैगरि विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले बालबालिका भविष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार पनि भएको बताउनुभयो। परिवारदेखि नै निर्णयात्मक भूमिका पनि बालबालिकाले निर्वाह गर्नुपर्ने बताउँदै परिवारमा हुने निर्णयमा बालबालिकाले आफू पनि सहभागी हुने र अभिभावकसमक्ष पनि आफूलाई निर्णयमा सहभागी गराउन अनुरोध गर्नुपर्ने बताउनुभयो।

नगर बाल सञ्जालका अध्यक्ष मदन भण्डारीले बालबालिकालाई आत्मविश्वासयुक्त बनाउन र दक्षता प्रदान गर्न सो नाटक प्रदर्शन आयोजना गरिएको बताउदैँ सुन्दरहरैँचा नगरपालिकाका १२ वटै वडाका २२ ठाँउ गरि २४ ठाँउमा नाटक प्रदर्शन गरिने बताउनुभयो।

madanकार्यक्रममा साजीलाल माविका प्रधानाध्यापक कल्याण सिटौला, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष विष्णुप्रसाद घिमिरे, आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचाका अध्यक्ष सुमन राई, झोराहाट नाट्य समूहका निर्देशक सुदीपजंग शाही, सुन्दरहरैंचाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी, ओरेक नेपालकी प्रतिनिधि सुशीला सुवेदीलगायतको उपस्थिति थियो।

सञ्जालका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव विशाल तामाङले गर्नुभएको थियो।