इटहरी / बलिउड नायिका कल्की कोलचिन विवाह नै नगरी आमा बनेकी छन्। उनी गाय हर्षबर्गसँगको प्रेममा छिन्।

यी जोडीको बिहे भने भइसकेको छैन। विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको आफैँले सार्वजनिक गरेकी थिइन्।

३६ वर्षीया कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन्।

उनको पहिलो विवाह बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग सन् २०११ मा भएको थियो तर, ती दुबैको सम्बन्धमा मतभेद भएपछि २०१५ मा सम्बन्ध विच्छेद भएको थियो।

कल्कीका प्रेमी पियानोइस्ट हर्षबर्ग इटलीका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।