काठमाण्डाै / चीनबाट सुरु भएको कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले औपचारिक रुपमा नयाँ कोरोना भाईरसको नाम राखेको बीबीसीले जनाएको छ। 

‘हामीले कोरोना भाइरसको नाम राखेका छौँ र भाइरसको नाम कोभिड–१९ हो’, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अदहानोम घेब्रिएससले भने। 

प्रमुख टेड्रोसले विश्वले नै चाँडोभन्दा चाँडो कोरोनाविरुद्ध आक्रामक भएर लड्नुपर्ने बताएका छन्। 

यस्तै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको छ। गएको २४ घण्टामा थप ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको समाचार संस्था सीएनएनले जनाएको छ।

यस्तै थप एक हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भएपछि कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ।