काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्न माग गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउपडी जस्तो कुसंस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्याउनुपर्ने माग गर्नुभएको हो।

छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको बताउँदै सुवेदीले भन्नुभयो, ‘सदियौंदेखि नेपाली मलिालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोड भत्काउनुमात्र पर्याप्त हुँदैन। ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु ? मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ।’