इटहरी / सुनसरीको इटहरी १६ बालग्राम स्थित शिक्षादिप एकेडेमीमा फुड फेस्टिबल सम्पन्न भएको छ। कक्षा ६, ७ र ८ का विद्यार्थीहरु सहभागी रहेको सो फेस्टिबलमा ११ वटा स्टलमा विद्यार्थीहरुले विभिन्न खाद्य परीकारहरु प्रर्दशन गरेका हुन्।

सहभागीहरुलाई भोटका आधारमा प्रथम, दितिय, तृतिय र सान्त्वना हुने समुहलाई सम्मान गरिएको र अभिभावक दिबसका दिन प्रमाण पत्र तथा मेडल समेत प्रदान गरिने विद्यालयका पेशा व्यवसायीक शिक्षक पुरुषेत्तम कट्टेलले जानकारी दिनुभयो।

IMG_0139 कार्यक्रममा समुह ‘ए’ ले चट्पटे प्रर्दशन गरी ५७ भोटसहित प्रथम, समुह ‘के’ ले फलफूलको सलाद र दहि प्रर्दशन गरी ५५ भोटसहित दोस्रो र समुह ‘ई’ ले मम प्रर्दशन गरी ४४ भोटसहित तेस्रो भयो। साथै समुह ‘बि’ ले पानीपुरी प्रर्दशन गरी ३० भोट सहित सान्त्वना स्थान प्राप्त गरेको छ।

प्राविधिक तथा व्यवहारीक शिक्षा मार्फत् विद्यार्थीको क्षमता अभिवृद्दि गर्ने उदेश्यले फेस्टिबलको आयोजना गरिएको विद्यालयले जनाएको छ।