एजेन्सी / लण्डनस्थित सिटी बैंकमा कार्यरत भारतीय मुलका पारस साह निलम्बित भएका छन्। उनी बैंकको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा निलम्बित भएका हुन्।

प्रसिद्ध बैंकर्स ३१ वर्षीय साहमाथि स्यान्डविच चोरेको आरोप लागेको छ। सो आरोपपछि उनलाई बैंकले निम्बित गरिदिएको छ।

उनीमाथि लागेको आरोपपछि धेरैले धेरै तरिकाले सो घटनाको व्याख्या गरेका छन्। उनको प्रतिष्ठामा आँच पुर्‍याउन सो हर्कत भएको हुनसक्ने केही व्यक्तिहरुको राय भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

उनी रिस्क म्यानेजमेन्टमा दखल भएका थिए। उनी कम्पनीमा युरोप, मध्यपूर्व र अफ्रिकाका लागि धितोपत्र व्यापार गर्ने विभागका प्रमुख थिए। उनको वार्षिक तलब १० लाख पाउन्ड थियो।