एजेन्सी / अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन्। उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन्।

उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न पृथ्वीमा फर्किँदै छिन्। उनीभन्दा पहिले अन्तरिक्षमा कुनै पनि महिलाले यति लामो समय अन्तरिक्षमा विताएका थिएनन्।

पछिल्लो रेकर्डका अनुसार अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनले २०१६–१७ मा स्टेशन कमान्डरको रुपमा २८८ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सो मिशनमा चन्द्रमा र मंगल मिशनको लागि महत्त्वपूर्ण डाटाहरु संकलन गर्न सफलता मिलेको थियो।

कोचसँग युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री लूका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेन्डर स्क्वोत्सरेव पनि सहभागी थिए। यो कोचको पहिलो अन्तरिक्ष मिथन थियो। उनी लगातार लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकीछिन्।

अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासको दौरान कोचले ५ हजार २ सय ४८ चक्कर लगाएर १३.९ करोड किलोमिटर यात्रा गरेकी छिन्। यो २९१ पटक चन्द्रमामा पुगेर फर्किने दूरी हो।