एजेन्सी / भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पाँच दिवसीय डिफेन्स एक्सपो–२०२० सुश्र भएको छ। बुधबार सो एक्सपोको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको हो। एक्स्पोको उद्घाटनसँगै प्रधानमन्त्री मोदीले भर्चुअल शुटिङ रेन्जमा शूटिंगको एउटा छुट्टै रोमाञ्चक आनन्द लिनुभएको छ। कार्यक्रमको उद्घाटन लगत्तै उहाँले डिफेन्स एक्स्पोमा प्रदर्शनमा राखिएका अत्याधुनिक हतियारहरूको निरीक्षण गर्दै ती हतियारको जानकारी समेत लिनुभएको थियो।

त्यसपछि प्रधानमन्त्री मोदीले डिफेन्स एक्सपोमा राखिएको अत्याधुनिक राइफलबाट भर्चुअल शुटिङ रेन्जमा निशाना साँध्नुभएको थियो। राजधानी लखनऊस्थित वृन्दावनमा आयोजित सो एक्स्पोमा धेरै आधुनिक हतियार प्रदर्शनीमा राखिइएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले एक्सपोको विधिवत उद्घाटन गरेपछि सम्पूर्ण बजार अहिले सजिएको छ।

यसअघि प्रधानमन्त्री मोदी, रक्षामन्त्री राजनाथ सिंह, यूपीका सीएम योगी आदित्यनाथ लगायतले रक्षा प्रदर्शनीको अवलोकन गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री मोदी भर्चुअल शुटिङ स्थल पुग्नुभएको थियो र त्यहाँ उपस्थित अधिकारीहरूसँग एक्स्पोको विषयमा जानकारी लिनुभएको थियो। त्यसपछि, उहाँले आफैँले राइफलबाट निशाना लगाउनुभएको थियो। मोदीले शुटिङका क्रममा धेरै निशानाहरु सही ठाउँमा पार्नुभएको थियो।

स्मरणरहोस्, भर्चुअल शुटिङ विज्ञान र एउटा कला पनि हो। जहाँ गोलीहरु खेर नफालिकन निशाना लगाउनुपर्ने हुन्छ। सिपाहीहरूका लागि पनि यो अभ्यास निकै महत्पूर्ण हुनसक्छ, किनभने यसमा आफ्नो क्षमता जाँच गर्न र यो मार्फत अझ धेरै सुटिङका कलाहरुमा सुधार ल्याउन सकिन्छ। यसप्रकारको प्रशिक्षण सिपाहीहरूका लागि धेरै महत्त्वपूर्ण हुन्छ।

भर्चुअल शुटिङबाट सुटरहरू वा सिपाहीहरूले युद्ध नगरी युद्धको रोमाञ्च अनुभव गर्न सक्दछन् र उनीहरूले लडाईका लागि दक्षताको आँकलन पनि गर्न सक्छन्। प्रधानमन्त्री मोदीले आफैलाई निशाना साँधेर त्यो अनुभव गर्नुभएको छ।