काठमाण्डौ / सोनीले आउँदो महिना बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा ५ वटा क्यामेरा भएको सोनी ५ प्लस सार्वजनिक गर्ने भएको छ। सो इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया ५ प्लस सार्वजनिक गर्न लागेको हो।

यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिईएको छ। एक जापानी पब्लिकेशनले यो स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ।

यस पेन्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ। एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १.१ को क्यामरा सेट अपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ।

जसको सेन्सर साइज १/१.५ इन्च हुने छ। यस बाहेक यसमा १/१.७ इन्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ।

तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुनेछ। यसको सेन्सर साइज १/३.४ इन्चको हुने छ। चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने जनाइएको छ।