काठमाण्डौ / नेपाली गायन क्षेत्रको सुप्रसिद्ध गायिका अरुणा लामाको बुधबार स्मृति दिवस परेको छ। स्मृति दिवसको अवसरमा काठमाण्डौको राष्ट्रिय नाचघरमा विशेष कार्यक्रम हुँदैछ। 

वि.सं २००२ भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको वि.सं २०५४ माघ २२ गते काठमाण्डौमा निधन भएको थियो। 

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट गीति यात्रा अघि बढेको थियो।

उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका दर्जनौँ  गीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।