इटहरी / कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन्। उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन्।

गत नोभेम्बरमा चीनले आफ्नो समयतालिका भन्दा पहिला नै फाइभजी सुरु गरेको थियो। तर, त्यसको केही समयमा नै कोरोना भाइरसको कारण चीन समस्यामा परेको हो। चिनियाँ वित्तीय संस्था चाइना रिनाएसेन्सले चीनको फाइभजी सेवा पछाडि धकेलिन सक्ने बताएको हो। उसका अनुसार कोरोना भाइरसको कारण चीनको विभिन्न शहरमा निर्माण हुँदै गरेको बेस स्टेशन प्रभावित बन्न पुगेका छन्। यसले चीनको फाएभजी सेवामा प्रत्यक्षरुपमा असर पुगेको छ।

सोमबार कम्पनीले सार्वजनिक गरेको एक विज्ञप्ती अनुसार चिनियाँ नयाँ वर्षको बिदा लम्बिनु र कोरोना भाइरसको प्रकोप बढ्नु फाइभजीका अवरोध हुन्। चीनले आफ्नो चन्द्रमास अनुसार मनाइने नयाँ वर्षको बिदा लम्ब्याएको छ।

कम्पनीहरुले पनि आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन्, त्यसले चीनको व्यावसायिक गतिविधि नै सुस्ताएको छ।

- यो खबर आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेको छ।