काठमाण्डौ / एचआईभीविरुद्धको खोपको नतिजा सोचेअनुसारको नआएपछि वैज्ञानिकहरु निराश भएका छन्।

एड्सको अवस्थामा पु्र्‍याउने एचआईभी भाइरसलाई रोक्ने ठानिएको एचआईभीएनएच ७०२ खोपको नतिजा सोचेअनुसार नआएको बीबीसीले जनाएको छ। दक्षिण अफ्रिकाका पाँच हजारभन्दा बढी व्यक्तिमा गरिएको खोपको परीक्षणको नतिजा सकारात्मक नआएपछि अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले खोपको परीक्षण रोकेको छ।

परीक्षणमा खोपले एचआईभीको संक्रमण रोक्न नसकेको पाइएको हो। तर एचआईभीको संक्रमण रोक्ने खोपको खोजी अझै गरिरहने अनुसन्धानकर्ताले बताएका छन्।