मोरङ / मोरङको सुन्दरहरैंचा ७ गछिया बजारमा भ्वाइस अफ नेपालको टीमले सोमबार साँझ सांगीतिक प्रस्तुती दिएका छन्। गछिया बजारमा लागुपदार्थ दुव्र्यसनी विरुद्धको अभियानको सहयोगार्थ भ्वाइस लाइभ कन्सर्ट गरिएको हो।

gachhiya-concert-2 सुन्दरहरैंचा एकता युव क्लवको आयोजनामा भएको कन्सर्टमा भर्खरै सम्पन्न भएको सांगीतिक रियालीटी सो भ्वाइस अफ नेपालका विजेता तथा प्रतिस्पर्धिहरुले सांगीतिक प्रस्तुती दिएका थिए।

gachhiya-concert-m कन्सर्टमा भ्वाइस अफ नेपालका विजेता राम लिम्बू, सनिस श्रेष्ठ, आरिफ राव, विकास लिम्बू, यांकी याल्मो र अञ्जु रानामगरले संगीतिक प्रस्तुती दिएर हजारौं दर्शकलाई झुमाएका थिए। यस्तै भ्वाइस अफ नेपालकै प्रस्तोता सुशील नेपालले होस्ट गरेका थिए।

gachhiya-concert-1 सुन्दरहरैंचा नगरपालिका भरिका विद्यालयमा गएर लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतना जगाउनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले कन्सर्ट गरिएको सुन्दरहरैंचा एकता युवा क्लवका निश्चल घिमिरेले जानकारी दिनुभयो।

gachhiya-concert- सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले उद्घाटन गरेको कन्सर्टमा सुन्दरहरैंचा नगरपालिकासहित स्थानीय व्यवसायी तथा समाजसेवीहरुले आर्थिक सहयोग गरेका थिए।