बिराटनगर / बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ। फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो। IMG_2097

६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए। फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो। चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको हो। IMG_2102

खेलमा पाँच विकेट र २० रन बनाएका व्यापार संघका गौरब सेठिया सर्वोत्कृष्ट खेलाडी घोषित भए। बिजयी टिम र खेलाडीहरुलाई उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, प्रतियोगिताका संयोजक सुवोध कोइराला लगायतले ट्रफी र मेडल प्रदान गर्नुभएको छ।

प्रतियोगितामा नोबेल र मोरङ व्यापार संघसहित उद्योग संगठन मोरङ, पत्रकार महासंघ, संयुक्त ट्रेड युनियन र बिराट व्यापार संघवीच खेल भएको थियो। IMG_2183

नोबेल मेडिकल कलेजको मुख्य प्रायोजनमा फागुन २ देखि १० गतेसम्म हुँन लागेको बिराट एक्स्पोको प्रचारका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ।

भिडियो :