काठमाण्डौ / अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का भएको छ। उनी प्रेमी उदिप श्रेष्ठसग बैवाहिक जीवनमा बाधिने भएकी छन् । उदिप र आँचल केही समय यतादेखि प्रेममा छन्।

समय समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्दै आएका छन्। आँचल र उदिपको विवाह फागुनमा हुने भएको छ। आँचलले शुक्रबार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी थिइन्।

मिडियामा धेरै कलाकर्मीको प्रेम चर्चा चल्नु नौलो कुरा त हैन तरपनि, नायिका शर्माको अभिनेता पल शाह सँग नाम जोडेर लामो समयसम्म चर्चा चलेको थियो।

हामी मिल्ने साथी मात्रै हो भनेर स्पष्टीकरण दिँदा दिँदा हैरान भएकी आँचलले अन्ततः प्रेमी उदीप श्रेष्ठ सँगको सम्बन्धलाई बाहिर ल्याएका थिइन्। स्रोतका अनुसार आँचल शर्मा र उदीप श्रेष्ठको विवाह फागुन महिनाको अन्तिममा हुने भएको छ। उदिप श्रेष्ठ पेशाले डाक्टर हुन्।