एजेन्सी / नायिका प्रियंका कार्की र उनका प्रेमी एवं नायक आयुष्मान देशराज जोशीले स्पेनिस क्लब बार्सिलोनाको खेल हेर्ने भएका छन्।

नायिका कार्कीले आफूहरू क्याप नोउ जाँदै गरेको जानकारी आफ्नो फेसबुक एकाउन्टमार्फत दिएकी छन्।

स्पेनिस लिग ला लिगामा आज राति साविक विजेता बार्सिलोना र लेभान्टेले खेल्दैछन्। नेपाली समयअनुसार खेल रातको १ः४५ मा हुने यो खेल बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुनेछ।

यस खेलका लागि प्रियंका र आयुष्मान त्यसतर्फ जाँदै गरेका हुन्। यी दुवै जनालाई विश्व चर्चित मोबाइल एप्स भाइबरले सो अवसर जुराइदिएको हो।

प्रियंकाले शुक्रबार भाइबरलाई विशेष धन्यवाद दिँदै प्रेमी आयुष्मान र उनका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।