काठमाण्डौ / अभिनेत्री वर्षा राउतले ‘नाई नभन्नु ल सिरिज मार्फत डेब्यु गरिन्। तर, उनलाई स्थापित गराउने श्रेय निर्देशक प्रदीप भट्टराईलाई जान्छ। किनकी ‘जात्रा’ मा गरेको कामपछी उनलाई चलचित्रको अफरको लर्को झैँ लाग्यो।

यिनै वर्षा अनुबन्धित भएको पछिल्लो चलचित्र ‘२ नम्बरी’ हो। उनले करिब ८ महिनापछि यो चलचित्र साइन गरिन्। बीचमा उनलाई केहि समय राम्रा चलचित्र अफर भएनन्।

कुरेर बस्दा मिडियाले प्रेसर दिएको उनले गुनासो गरिन्। ‘केहि समय प्रतीक्षा गरेकी हुँ तर मिडियामा मैले चलचित्र पाइन् भन्ने खबर आयो’ उनले भनिन्। त्यसो त उनलाई ‘जात्रा’ सिरिज सफलताको क्रेडिट जादैन तर उनको अभिनय क्षमता भने सो सिरिजमा हेर्न पाइन्छ।

‘निर्माताहरु महिला केन्द्रीत चलचित्रमा लगानी गर्न डराउनु हुन्छ सायद यो फिमको बिजनेसले गर्दा होला’ उनले महिला केन्द्रीत चलचित्र नगर्नुको कारण सुनाइन।