काठमाण्डाै / शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार दुई खेल हुँदैछ। दुवै खेल दशरथ रङ्गशालामा हुनेछ।

पहिलो खेलमा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्दैछन्। मध्याह्न १२ बजे हुने खेलमा दुवै टिम जित निकालेर शीर्ष ६ मा रहने प्रयासमा हुनेछन्।

च्यासल आठ खेलबाट ९ अङ्क बनाउँदै नवौँ स्थानमा छ। उसले लिगमा तीन बराबरी र तीन हारको नतिजा निकाल्दा दुई वटा खेलमात्र जित्न सफल भएको छ।

त्यस्तै फ्रेण्ड्स ८ अङ्क बनाउँदै एघारौँ स्थानमा छ। फ्रेण्ड्सले पनि दुई खेलमात्र जितेको छ। उसले दुई बराबरी र चार खेलमा हार ब्यहोरेको छ। फ्रेण्ड्सलाई रेलिगेशनको चिन्ता छ। रेलिगेसन जाेनबाट बच्न फ्रेण्ड्स याे खेल जित्नपर्ने दबाबमा छ। 

दिउँसाे तीन बजे एनआरटी र ब्रिगेड ब्वाइज खेल्दै छन्। ब्रिगेड ब्वाइज आठ अङ्कसहित १०औँ स्थानमा छ। उसले दुई जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ। ब्रिगेडलाई पनि रेलिगेशनको चिन्ता छ । याे खेलकाे जितले उसलाई केही राहत दिनेछ।

गएकाे सिजन लिगको पुछारमा रहेको एनआरटी भने आठौँ चरण सकिँदा १२ अङ्कसहित छैटौँ स्थानमा छ । शीर्ष ६ को स्थान सुरक्षित गर्नका एनआरटीलाई जित आवश्यक छ। याे खेलकाे जितले एनआरटीलाई चौथो स्थानमा पुर्‍याउनेछ।