काठमाण्डौ / आफूले शारीरिक सम्पर्क राखेको भिडियो सार्वजनिक भएपछि एक दम्पत्तीले संसार त्यागेका छन्। भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आत्महत्या गरेका छन्।

निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए। केही समयपछि त्यो मोबाइल हराएछ।

हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो। यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नयाँ पत्रिकामा खबर छ।