काठमाण्डौ / जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। काठमाण्डौ प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्। उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि उपस्थित भएको बताएकी थिइन्। उनले सबैले कानून पालना गर्नुपर्ने बताउँदै कानून अनुसारको जस्तोसुकै सजाय आफूले स्वीकार्ने बताएकी थिइन्।

विमानस्थल प्रहरीसँग भएको विवादपछि दिएको उनको अभिव्यक्तिका कारण प्रहरीले गायिका राउतमाथि अभद्र व्यवहारको मुद्दा अगाडि बढाएको थियो।