पाल्पा / सिद्धबाबा सडक खण्डमामा भारतीय नम्बरको ट्याङ्कर तेर्सिंदा सडक आवागमन बन्द भएको छ। एचआर ५८ ए ८९१० भारतीय नम्बरको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो।

सडक अवरुद्धका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन्। प्रहरीका अनुसार ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका भ्यान र स्कुटीलाई ठक्कर दिएको थियो।

ठक्करबाट लु १ ज ३२१५ नम्बरको भ्यान र लु ४६ च ३२३६ नम्बरको स्कुटीमा क्षति पुगेको प्रहरीको दाबी छ।