काठमाण्डौ / ओखलढुङ्ग जीप दुर्घटनाका गमिभर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाण्डौ ल्याइएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले घाइते सबैको हेलिकप्टरमार्फत उद्धार गर्नुभएको हो।

अहिले उनीहरुको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आज बिहान ओखलढुङ्गको सिद्धडाँडामा जीप दुर्घटना हुँदा ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको थियो भने तीनजना गम्भीर घाइते भएका थिए।

Ram hari
पूर्व सांसद रामहरि खतिवडा
 

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिनुभयो।

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफै पनि बिरामी थिए। दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्।