इटहरी / मोरङको केराबारी २ फाङ्दुवास्थित एनसेल टावरमा नचिनिएको समुहले राखेको शंकास्पद बस्तुका कारण स्थानिय आतंकित भएका छन्। गएराति सो समुहले एनसेल टावरमा आगजनीसँगै बम प्रहार गरेपछी छाडिएको शंकास्पद बस्तुका कारण स्थानिय आतंकित भएका हुन।

मोरङको अति विकत क्षेत्र साविक सिंहदेवी गा.वि.सको फाङ्दुवा भन्ने ठाउँ धनकुटा जिल्लासँगै जोडिएको अतिदुर्गम गाउँ हो।

kerabari 1 copy

फाङ्दुवामा प्रहरी प्रशासनको उपस्थिति नै नहुने हुँदा सो क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरुलाई सहज हुने गरेको छ। अहिले सो क्षेत्रमा इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी र सशस्त्र प्रहरीले शंकास्पद बस्तु राखिएको ठाउँमा सुरक्षा दिइरहेका छन्।

kerabari 2 copy सो शंकास्पद बस्तु एनसेल टावरको गेटमै झुन्डाहिएको हुदा बम हुन सक्ने भन्दै प्रहरीले सुरक्षा दिएको हो। बम डिस्पोज गर्नका लागि नेपाली सेनालाई खबर गरिएको र नेपाली सेनाको डिस्पोजक टोली फाङ्दुवा जाने क्रममा रहेको मोरङ प्रहरीले जनाएको छ।