इटहरी / इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय इटहरीले जीतेको छ। फाइनल खेलमा राष्ट्रिय माविलाई ४–१ अन्तरले पराजीत गर्दै उपाधी उचालेको हो।

जनता स्कुलले नगद ४६ हजार रुपैँया, शिल्ड र प्रमाण पत्र हात पारेको छ। उपविजेता राष्ट्रिय माविले २५ हजार रुपैँया शिल्ड र प्रमाणपत्रमा चित्त वुझाएको छ। माघ ९ गते देखि सुरु प्रतियोगितामा इटहरीका १७ वटा विद्यालयका छात्रा टिम सहभागि थिए।

पुरस्कार वितरण पछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरले ६० जना छात्रालाई तालिम दिएर प्रतियोगिता समेत सञ्चालन गरेको वताउनुभयो। उहाँले नगरस्तरीय मात्र होइन इटहरीवाट राष्ट्र, अन्तराष्ट्रस्तरसम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिनुभयो।

इटहरी उपमहानगरले गत बर्षदेखि अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता सुरु गरेको हो।