केराबारी/ मोरङको केराबारी गाँउपालिकामा शुक्रबार राती शक्तिशाली बम बिस्फोट भएको छ। गएराती करिव ९ः३० तिर शक्तिशाली बम बिष्फोट भएको हो।

बम बिस्फोटका कारण गाँउपालिकाको मुल गेटमा क्षती पुगेको छ भने गेट नजिकै रहेको जेनेटर, गाउँपालिका अगाडी रहेको लामिछाने खाजा घरमा छर्राका कारण सामान्य क्षति क्षती पुगेको एवं गाउँपालिकाको भवनको पश्चिमपट्टीको गारोमा क्षति पुगेको स्थानीय प्रहरीले जनाएको छ। बम नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले बिस्फोट गराएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। qqqq

यसैबीच गाउँपालिका कार्यालयको मुख्य प्रवेश द्वारमा नचिनेको समूहले बम बिस्फोट गराएको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले बताउनुभएको छ। उहाँले हालसम्म बिष्फोटको जिम्मेवारी कसैले नलिएको बताउनुभएको छ।

यस्तै बिष्फोट भएको गाँउपालिका कार्यालयदेखि केही मिटरको उत्तरमा पनि संकाष्पद बस्तु पनि डिस्पोजल टोलीले डिस्पोज गरेको छ। सो बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहिबेर अघि डिस्पोज गरेको हो। wwww