काठमाण्डौ / शिक्षक सेवा आयोगले स्थायी शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका अनुसार अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरे लगतै स्थायी शिक्षकको विज्ञापन गर्ने तयारी भैरहेको छ।

आयोगका सूचना अधिकारी दामोदर आचार्यका अनुसार गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको केहि महिनाभित्रै आयोगले शिक्षकको खुला तर्फको विज्ञापन गर्ने भएको हो।

अहिले आयोग शिक्षकको संशोधित नयाँ पाठ्यक्रम निमार्णको तयारीमा जुटेको छ। आयोगको आगामी बैशाखभित्रमा तीनै (माध्यामिक, निम्नमाध्यामिक र प्रथमिक) तहको विज्ञापन गर्ने तयारी छ।