एजेन्सी / श्रीमान् श्रीमतीबीचको आत्मीय सम्बन्ध उनीहरुको शारीरिक सम्बन्धमा पनि निर्भर हुन्छ। सफल जीवनका लागि सफल यौन जीवन आवश्यक हुन्छ। तर विभिन्न कारणले मानिस यौन जीवनमा समस्यामा परेको हुन्छ।

सफल यौन जीवनका लागि हामीले आफ्नो खानपानमा पनि ध्यान दिन जरुरी छ। त्यसका लागि गलत खानेकुरा र व्यवहारको पहिचान गरेर सुधार गर्नुपर्छ।

यौन जीवनका लागि समस्या

१. मोटोपना भएका व्यक्तिमा यौन रुची कमी हुन्छ। त्यसैले नियमित व्यायम गरेर यौन क्रियालाई सक्रिय पार्न सकिन्छ।

२. मानिसलाई तनावले पनि यौन जीवन सफल हुन दिदैन। वर्कलोड, आर्थिक समस्यालगायतका कारण मानिस तनावमा आउने र त्यसले यौन स्वास्थ्यमै प्रतिकूल असर गर्छ। त्यसैले तनावमुक्त हुन आवश्यक हुन्छ।

३. रक्सी सेवनले पनि मानिसको यौन जीवन सफल हुन दिदैन। मदिराले यौनरुचीमा कमी ल्याउँछ। त्यसैले मदिरापानलाई नियमित बनाउनु हुँदैन।

४. विभिन्न कारणले हुने डिप्रेसनले पनि मानिसको यौन जीवनमा समस्या निम्त्याउँछ। डिप्रेसनको उपचार गरिरहेका व्यक्तिको यौनरुची पनि औषधिका कारण घट्दै जान्छ।

५. उच्च रक्तचापका कारण यौनका लागि रक्तप्रवाहमा समस्या हुन्छ। यसले पनि यौन इच्छा घट्दै जान्छ। त्यसैले उच्च रक्तचाप हुँन नदिनेगरी जीवनशैली परिवर्तन गर्नुपर्छ।

६. गर्भनिरोधक औषधिले पनि मानिसमा यौन इच्छा कमी हुन्छ। धेरै महिलाहरु यसको शिकार बनेका छन्।

७. विभिन्न प्रकारका खानेकुराले पनि यौन इच्छामा कमी ल्याउँछ। चिज, डाइट सोडा, सोया, कृत्रिम गुलियो र चिप्लो खानेकुराले पनि यौन इच्छामा कमी ल्याउने भएकाले यस्ता खानेकुराबाट बच्नुपर्छ।