सुनसरी/ युनाईटेड मधेस अफ नेपालका सँस्थापक अध्यक्ष सञ्जय यादव राष्ट्रिय जनता पार्टी प्रवेश गरेका छन्। केहिदिन अघि राजधानीस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा यादव पार्टी प्रवेश गरेका हुन्।

राजधानीस्थित पार्टी कार्यालय बबरमहलमा भएको एक कार्यक्रममा यादवलाई पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरुले अविर र माला लगाएर स्वागत गरेका हुन्। यादवसँगै युनाईटेड मधेस अफ नेपालका १३७ जना पनि राजपा प्रवेश गरेका अध्यक्ष राजेन्द्र महतोले पूर्वी खबरलाई जानकारी दिनुभएको छ।

लामो समयदेखि राजनीतिमा सकृय यादवले युनाईटेड मधेस अफ नेपाल भन्ने पार्टीको स्थापना गर्नुभएको थियो। नेता यादव भ्वाईस अफ मधेस, थारु र जनजातीको आवाज उठानमा सकृय रुपमा लागि पर्नुभएको थियो।

यसैबीच राजपा नेपालका सुनसरी जिल्ला सदस्य अनुप सुब्बाले यादवलाई बधाई ज्ञापन गर्नुभएको छ। सुब्बाले यादवलाई आदिबासी जनजाती, थारु, मधेसीका मुद्वा बोकेर अघि बढेको पार्टी राजपा भएको भन्दै यादवले खास पार्टी रोजेर नेपाली जनताका लागि अघि बढेकोमा धन्यवाद दिनुभएको छ।

yadab
यादवसँगै सुनसरी जिल्ला सदस्य सुब्बा