भक्तपुर / रक्सी खाएपछि सामान्य विवाद हुँदा छुरा प्रहारबाट रोहन सुवालको ज्यान गएको छ।

भक्तपुर नगरपालिका ६ भोलाछेंमा बुधबार साँझ सामान्य विवादपछि छुरा प्रहार हुँदा भक्तपुर उपमहानगरपालिका १० चोखा कमलविनायक बस्ने १५ वर्षीय सुवालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्धपोखरीमा रहेको कान्तिपुर गेस्ट हाउसबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिनुभयो।

चाररपाँच जना साथीहरुसँगै बसेर रक्सी खाएपछि सामान्य विवाद हुँदा सुवालको छातीमा साथीले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र व्यासी कालोपाटीबाट छुरा पनि बरामद भएको प्रहरीले जनाएको छ।