ईलाम / ईलाम रोङ गाँउपालिका २ बर्फल्याङ ढोरेनी स्थितका २७ बर्षीय टिका कालीकोटेको लडेर मृत भएको छ।

बुधबार दिउँसो पउने २ बजे घर नजिकै रहेको भिरबाट लडेर अन्दाजी दुई सय मिटर तल खस्दा कालीकोटे मृत अवस्थामा फेला परेको भनि स्थानीयहरुले ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए।

घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।