झापा / झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन।

हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थितमा रहेको एक होटलबाट १६ ग्राम ब्राउनसुगर सहित १ महिला र २ पुरुषलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।

पक्राउ पर्नेमा मेची नगरपालिका १३ का २१ बर्षीया रोषनी तामाङ, सोही स्थानका २३ बर्षीय बिवेक तामलिङ सुब्बा र सिन्धुपालचोकका २० बर्षीय राजेन्द्र शिवाकोटी रहेका छन।

पक्राउ परेका तिनैजना उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।