इटहरी / सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड रुपैँया नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड रुपैँया मात्र नाफा कमायो। निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड रुपैँया नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७.४८ अर्ब रुपैँया खुद नाफा गरेको थियो। यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४.१९ प्रतिशतले घट्यो।

सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैँजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आवमा घट्दा सेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो वर्षसम्म प्रतिसेयर ५५ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले अघिल्लो वर्षको नाफाबाट जम्मा ५४ रुपैँयामात्र नाफा गर्न सक्यो।

पुस मसान्तसम्म राजस्व लक्ष्य पुर्‍याउन सरकारलाई कठिन भइरहेका बेला यो लाभांशबाट टेलिकमले जम्मा ६ अर्ब रुपैँयाको मात्र योगदान गर्न सकेको छ। कम्पनीको हालै सम्पन्न साधारणसभामा पनि कम्पनीको नाफा कसरी बढाउने भन्नेबारे गम्भीर विमर्श भएको छ।

- यो समाचार आजको कारोबारमा सरस्वती ढकालले लेखेकी छिन्।