एजेन्सी / अमेरिकी दबाबका कारण दक्षिण कोरिया इरानसँगै जोडिएको खाडी क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथी गर्न राजी भएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले मंगलबार यो घोषणा गरेको हो। सो घोषणासँगै दक्षिण कोरियाले सो क्षेत्रमा आफ्ना ३ सय सैन्यकर्मीको टोली सहितको एक युद्धपोत तैनाथ गरेको छ।

यो समुद्री क्षेत्र ईरानको नजिक र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग नजिकै रहेको छ। स्मरणरहोस्, पछिल्ला दिन अमेरिका र इरान बीचको तनाव युद्धको बिन्दुमा पुगेको छ। दक्षिण कोरिया र इरान एक अर्कामा निर्भर छन्।

इरानसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध लामो समयदेखि सौहार्दपूर्ण रहेको छ। दक्षिण कोरिया र ईरान एक अर्कामा तेल र आयात निर्यातमा निर्भर रहेका छन्। यद्यपि इरानसँग २०१५ मा भएको आणविक सन्धि समाप्त भएपछि परिस्थिति बिग्रिन थालेको बताइन्छ।

उत्तर कोरियाको निरन्तर खतराका कारण दक्षिण कोरियाले अमेरिकी सेनाबाट महत्वपूर्ण समर्थन प्राप्त गर्दै आएको छ। त्यसकारण दक्षिण कोरिया अमेरिकी दबावमा झुक्दै आएको छ।