काठमाण्डौ / गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर सांस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताउनुभएको छ।

चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो। नेपाल चीन सम्बन्ध प्राचीन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताउनुभयो।

गएको असोजमा भएको चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उहाँले बताउनुभयो। नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोगप्रति धन्यबाद ज्ञापन गर्नुभयो।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले सांस्कृतिक कार्यक्रमसमेत गरेको छ। चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ।